Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रातिदेखि अवरुद्ध विपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिँदै


    सोमबार, जेष्ठ १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हिजो आइतबाररातिको भारी वर्षापछि आएको बाढीले अवरुद्ध विपी राजमार्ग खुलेको छ ।

    विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

    सडकको लेदो हटाएर सडक खुलेको प्रहरीले जनाएको छ ।

    कालढुंगामा लेदेले चार वटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

    चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर लेदोले पुरिएको छ । लामाको घरमा भएका २ वटा खसी, ३ वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको उनले जानकारी दिए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार