Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुलामा चटयाङमा परेर तीन जना घाइते


    आइतबार, बैशाख ३१ २०८०
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दार्चुला । दार्चुलामा यार्सगुम्बा संकलन गरिरहेकामाथि चटयाङ पर्दा तीन जना घाइते भएका छन् । उनीहरुको अहिले उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन् ।

    यसअघि पनि यार्सा संकलन हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार