Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ


    आइतबार, बैशाख ३१ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको टोखामा आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

    टोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने धनकुटाको कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै–झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर पाएपछि प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार