काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवं पोल्ट्री उद्यमी शंकरप्रसाद कँडेलको असमायिक र अकल्पनीय रुपमा भएको निधनका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीउपर कडा कारवाही गर्न माग गरेको छ । एशोसिएसनले जारी गरेको बिज्ञप्तिमा कँडेलको निधनले अत्यन्तै मर्माहत भएको उल्लेख गर्दै यस दुःखद घटनाले पोल्ट्री व्यवसायमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।
नेपालमा पछिल्लो समय व्यवसायीक क्षेत्रमा देखापर्दै गएको आर्थिक मन्दीको प्रभावले उद्योग व्यवसायको क्षेत्रमा देखापरेको तरलताको बहुआयमिक असरलाई न्यूनीकरण नगरेसम्म व्यवसायीक वातावरण बन्न नसक्ने कुरामा संघ दृढ रहेको उल्लेख छ । एशोसिएसनले व्यवसायीक वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल लगायत सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।
एशोसिएसनका अध्यक्ष नानीराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘पोल्ट्री उद्यमी कँडेलको निधन पनि देशमा पछिल्लो समय देखिएको आर्थिक मन्दीको बहुआयमिक प्रभाव भएको ठहर गर्दै यी कारणले हुने मानवीय मृत्युवरणलाई रोक्न सरोकारवाला पक्षले अविलम्व कदम चाल्न आग्रह गर्दै स्वं कडेलको निधनबारे उठेका प्रश्नहरुको निराकरणका लागि सरकारले गम्भीर पहलकरणीको लागि अनुरोध गर्दछौ । साथै कँडेलको निधनको सम्बन्धमा सत्य तथ्य छानविन गरी दोषीउपर कडा कारवाही गर्न समेत सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौंं ।’
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend