Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ब्यवसायी कँडेलको मृत्यु प्रकरणका दोषीमाथि कारबाहीको माग


    शनिबार, बैशाख ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवं पोल्ट्री उद्यमी शंकरप्रसाद कँडेलको असमायिक र अकल्पनीय रुपमा भएको निधनका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीउपर कडा कारवाही गर्न माग गरेको छ । एशोसिएसनले जारी गरेको बिज्ञप्तिमा कँडेलको निधनले अत्यन्तै मर्माहत भएको उल्लेख गर्दै यस दुःखद घटनाले पोल्ट्री व्यवसायमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।

    नेपालमा पछिल्लो समय व्यवसायीक क्षेत्रमा देखापर्दै गएको आर्थिक मन्दीको प्रभावले उद्योग व्यवसायको क्षेत्रमा देखापरेको तरलताको बहुआयमिक असरलाई न्यूनीकरण नगरेसम्म व्यवसायीक वातावरण बन्न नसक्ने कुरामा संघ दृढ रहेको उल्लेख छ । एशोसिएसनले व्यवसायीक वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल लगायत सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

    एशोसिएसनका अध्यक्ष नानीराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘पोल्ट्री उद्यमी कँडेलको निधन पनि देशमा पछिल्लो समय देखिएको आर्थिक मन्दीको बहुआयमिक प्रभाव भएको ठहर गर्दै यी कारणले हुने मानवीय मृत्युवरणलाई रोक्न सरोकारवाला पक्षले अविलम्व कदम चाल्न आग्रह गर्दै स्वं कडेलको निधनबारे उठेका प्रश्नहरुको निराकरणका लागि सरकारले गम्भीर पहलकरणीको लागि अनुरोध गर्दछौ । साथै कँडेलको निधनको सम्बन्धमा सत्य तथ्य छानविन गरी दोषीउपर कडा कारवाही गर्न समेत सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौंं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार