Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका २२ डीएसपी एसपीमा बढुवा सिफारिस, पहिलो वरियतामा केसी (सूचीसहित)


    शनिबार, बैशाख ३० २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।

    शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । एसपी बढुवा सिफारिस हुने डीएसपीमा पहिलो वरियतामा गौतमकुमार केसी छन् ।

    दिनेश अधिकारी ‘चरी’, मनोज पुन इन्काउन्टरदेखि रामेछापको सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई भारतको अन्डमान निकोवारबाट पक्राउ गरी ल्याउने डीएसपी कुमोध ढुंगेल पनि एसपी बढुवा सिफारिसमा परेका छन् । पुरस्कृत गर्नुपर्ने उनलाई सर्वेन्द्र खनाल आइजीपी हुँदा दण्डित गरी हतोत्साही बनाइएको थियो ।

    डीएसपी अंगुर जीसी र सन्तोष तामाङ बढुवामा पर्न सकेनन् । अंगुर जीसी अर्थमन्त्री डा. प्रकाशशरण महतकै जिल्ला नुवाकोटकै भए पनि बढुवामा पर्न सकेनन् । जीसीले सांकेतिक रुपमा सामाजिक संजालमा फेसबुकमा असन्तुष्टि पोख्दै बढुवामा पर्नेलाई बधाइ दिएका छन् ।

    एसपी बढुवा सिफारिस हुने डीएसपीको सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार