काठमाडौं । नेपालमा रहेका भुटानी शरणार्थीलाई संयुक्त राष्ट्रसंघले सन् २०१९ देखि खाद्यान्न नदिने भएपछि अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनमा गिरोहले नक्कली शरणार्थीको नाम दर्ता प्रक्रिया अघि बढायो।
संयुक्त राष्ट्रसंघीय खाद्यान्न कार्यक्रमले नेपालमा रहेका भुटानी शरणार्थीलाई दिने खाद्यान्न सन् २०१९ को जनवरीदेखि रोक्ने भनेर सकारलाई पत्र पठाएपछि शरणार्थी समस्या समाधानका उपाय पहिल्याउन बनाइएको कार्यदलको प्रतिवेदनमै गिरोहले नक्कली शरणार्थीको नाम दर्ता प्रक्रिया सुरु गरेसँगै अमेरिका पठाइदिने भन्दै उनीहरूसँग रकम असुली गर्न थालेको थियो।
संयुक्त राष्ट्रसंघीय खाद्यान्न कार्यक्रमले शरणार्थीलाई खाद्यान्न नदिने भनेपछि यसको जानकारी गृह मन्त्रालयका तत्कालीन सहसचिव रामकृण सुवेदीले परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत गराएका थिए।
त्यतिबेला सुवेदी निमित्त सचिवको जिम्मेवारीमा थिए। गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रसंघले खाद्यान्न रोक्ने भनेकाले त्यसलाई कायमै राख्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने भन्दै उनले २०७५ कात्तिक २६ मा पत्राचार गरेका थिए।
२०७५ मंसिर ३ गते तत्कालीन गृहमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्रीको संयुक्त बैठक बस्यो। बैठकमा ती मन्त्रालयका सचिवहरू पनि सहभागी थिए। बैठकमा तेस्रो मुलुक पुनर्बासमा नगई नेपालमा रहेका भुटानी शरणार्थीलाई पुनः तेस्रो मुलुक पुनस्र्थापनाका लागि प्रयास गर्ने, भुटानलाई फिर्ता लैजान आग्रह गर्ने वा राष्ट्रसंघलाई यसबारे थप सहयोगका लागि अनुरोध गर्ने भन्ने विकल्पमा छलफल भयो।
त्यो बैठकले यो विषयमा मन्त्रपरिषद्मा पनि छलफल हुनुपर्ने निर्णय गर्दै एउटा कार्यदलको आवश्यकता महसुस गरेको थियो। गृहअन्तर्गतको स्थानीय प्रशासन शाखाले यो विषयमा अध्ययन गर्नुपर्ने र त्यसबाट आएका सुझावलाई कार्यान्वयन गर्नुपर्ने भनेपछि २०७५ मंसिर १७ गते कार्यदल बनाउने गरी तीन मन्त्री र तीन सचिवको बैठक टुंगिएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend