Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई बच्चा मृत भेटिए


    बिहिबार, बैशाख २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई बच्चा केटाकेटी मृत अवस्थामा फेला परेका छन् ।

    वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको निकुञ्जले जानकारी दिएको छ।

    खाग नपलाएको गैंडाको बच्चाको १२ वटा खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दाबी छ ।

    यस्तै, वैशाख २७ गते सौराहा सेक्टरको राप्ती नदी क्षेत्रको पटना भन्ने ठाउँमा साढे २ बर्षको भाले गैंडाको बच्चा मृत फेला परेको छ ।

    प्राकृतिक कारणले मरेको दाबी गरिएको गैंडाको खाग र खुर सुरक्षित छ ।

    विश्वकै दुर्लभ मानिने गैंडा चालु आर्थिक बर्षमा मात्रै १८ वटा मरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार