Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परीक्षा दिँदै गरेकी छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेज तनावग्रस्त


    बिहिबार, बैशाख २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी छात्राले बुधबार आत्महत्या गरेपछि चितवन मेडिकल कलेज तनावग्रस्त बनेको छ । घटनाको विरोधमा विद्यार्थीले अस्पतालको डेन्टल ओपीडी सेवा बन्द गरेका छन्।

    बीडीएस चौथो वर्ष अध्ययनरत विद्यार्थी सिम्रन थापाले बुधबार आफ्नै कोठामा अत्महत्या गरेकी थिइन् । परीक्षा दिइरहेकी थापालाई कलेजका शिक्षकले जबरजस्ती परीक्षा हलबाट निकालेर तनाव दिएको र सोही कारण उनले कोठामा गई आत्महत्या गरेको आरोप विद्यार्थीहरुको छ ।

    उनीहरुले घटनाको छानबिन गरी दोषी शिक्षकलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन् । पीडितले न्याय नपाएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको विद्यार्थी संघर्ष समितिले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    बिहीबार डेन्टल ओपीडीबाहेक अन्य सेवा भने सुचारु रहेको अस्पतालले जनाएको छ ।

    यसैबीच मेडिकल विद्यार्थीहरुको छाता संगठन फेडेरेसन अफ नेप्लिज मेडिकल स्टुडेन्टसले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीका माग राखेको छ । फेडेरेसनले बिहीबार विज्ञप्ति जारी गर्दै विद्यार्थी संघर्ष समितिका मागहरुप्रति ऐक्यवद्धता जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार