दार्चुला। वैशाख १९ गते ब्यास गाउँपालिका–१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएको ९ दिनपछि किशोरीको शव भेटिएको छ । बुधबार अबेर साँझतिर डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको प्रहरीले बताएको छ।
ब्यास गाउँपालिका–१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं. ५० गुल्म र सितापुल प्रहरी चौकिबाट खटिएका सुरक्षाकर्मीहरूले बेपत्ताहरूको खोजी गरेका थिए । यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ। बुधबार फेला परेको शवलाई बिहीबार बिहान भारतीय बाटो हुँदै सदरमुकाम खलंगा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने प्रहरिले जनाएको छ ।
उक्त हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । ७ जनाले भागेर ज्यान जोगाएका थिए ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend