दार्चुला। वैशाख १९ गते ब्यास गाउँपालिका–१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएको ९ दिनपछि किशोरीको शव भेटिएको छ । बुधबार अबेर साँझतिर डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको प्रहरीले बताएको छ।
ब्यास गाउँपालिका–१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं. ५० गुल्म र सितापुल प्रहरी चौकिबाट खटिएका सुरक्षाकर्मीहरूले बेपत्ताहरूको खोजी गरेका थिए । यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ। बुधबार फेला परेको शवलाई बिहीबार बिहान भारतीय बाटो हुँदै सदरमुकाम खलंगा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने प्रहरिले जनाएको छ ।
उक्त हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । ७ जनाले भागेर ज्यान जोगाएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend