Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विष सेवनबाट सप्तरीमा १३ बर्षिया बालिकाकाे मृत्यु


    बिहिबार, बैशाख २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विष सेवनबाट एक १३ बर्षिया बालिकाको ज्यान गएको छ । महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी बर्ष १३ की प्रिति कुमारी यादवकाे मृत्यु भएकाे हाे। धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

    बालिका तिरहुत गाउँपालिका-४ डिमन बस्ने जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरेकी थिइन्, सुरूमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिएपनि पछि धरान लगिएकाे हाे।

    मृतक बालिकाको शव धरानमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार