काठमाडौ। बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेत दाजुभाइबीच सम्पत्तिको कारण विवाद हुन थालेको छ ।
बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि दुई दाजभाइबीच अंशमा विवाद उत्पन्न भएको हो । वीरेन्द्रले कम्पनीको कुनै पनि हरहिसाब पारदर्शी तवरले उपलब्ध नगराएको भाइ शिवेन्द्रले आरोप लागेका छन् ।
बुद्ध एयरको सम्पत्तिबारे दुई भाइबीच विवाद चुलिएपछि सुरेन्द्रबहादुरका कान्छा छोरा शिवेन्द्रले पत्रकार सम्मेलन गरेर आफू बुद्ध एयरको ४० प्रतिशत हिस्सेदार भएको दाबी गरेका छन्। उनले दाइ वीरेन्द्रले कुनै पनि हरहिसाब पारदर्शी रूपले उपलब्ध नगराएको दाबी गरे। कम्पनीमा ४० प्रतिशत शेयर आफ्नो भएको दाबी गर्दै दाजुले अनियमितता गरेको आरोप लगाए।
बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र उनका भाइ शिवेन्द्रबहादुर बस्नेतबीचको आर्थिक विवाद बाहिर आएको छ।बुद्ध एयरलाइन्समा बुबा सुरेन्द्रबहादुरको ८० प्रतिशत सेयर र दाजु वीरेन्द्रको नाममा २० प्रतिशत सेयर कायम रहेको शिवेन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘बुबाले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयरमध्ये ४० प्रतिशत दाजुलाई र बाँकी ४० प्रतिशत सेयर मेरा परिवारका सदस्यको नाममा दिनु भएको हो,’ उनले भने, ‘तर ४० प्रतिशत सेयर बापतको हिसाब पाएको छैन।’
शिवेन्द्रले आफू पाइलट नै भएको बताउँदै कामको सिलसिलामा अमेरिकामा बसोबास तथा व्यवसाय सञ्चालन गर्न थालेपछि बुद्ध एयरमा प्रत्यक्ष संलग्नता नरहेको बताए।बुबाको निधनपछि हरहिसाब मागे पनि जवाफ नआएको बताए। ‘हिसाब माग्दा साधारणसभामा दिने भनेर टारियो। २०७४ सालदेखि नै हामीलाई साधारणसभामा डाकिएको छैन,’ उनले भने। कम्पनी नाफामा रहे पनि डिभिडेन्ट नपाएको उनले बताए। ‘यहाँ हिसाब किताब गोलमाल छ,’ उनले भने, ‘मेरो कानुनी अधिकार खोसियो।’
शिवेन्द्रले आफू पाइलट नै भएको बताउँदै कामको सिलसिलामा अमेरिकामा बसोबास तथा व्यवसाय सञ्चालन गर्न थालेपछि बुद्ध एयरमा प्रत्यक्ष संलग्नता नरहेको बताए।
उनले कम्पनीमा ४० प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरूको तर्फबाट आफूले बुद्ध एयरले गरिरहेका काम कारबाही, आर्थिक हिसाबकिताब हेर्ने, योजनाहरूका बारेमा जान्ने चाहना हुदाँ पनि दाइ वीरेन्द्रले सो विषयमा प्रष्ट्याउन नचाहेको उनले बताए ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend