काठमाडौ। बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेत दाजुभाइबीच सम्पत्तिको कारण विवाद हुन थालेको छ ।
बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि दुई दाजभाइबीच अंशमा विवाद उत्पन्न भएको हो । वीरेन्द्रले कम्पनीको कुनै पनि हरहिसाब पारदर्शी तवरले उपलब्ध नगराएको भाइ शिवेन्द्रले आरोप लागेका छन् ।
बुद्ध एयरको सम्पत्तिबारे दुई भाइबीच विवाद चुलिएपछि सुरेन्द्रबहादुरका कान्छा छोरा शिवेन्द्रले पत्रकार सम्मेलन गरेर आफू बुद्ध एयरको ४० प्रतिशत हिस्सेदार भएको दाबी गरेका छन्। उनले दाइ वीरेन्द्रले कुनै पनि हरहिसाब पारदर्शी रूपले उपलब्ध नगराएको दाबी गरे। कम्पनीमा ४० प्रतिशत शेयर आफ्नो भएको दाबी गर्दै दाजुले अनियमितता गरेको आरोप लगाए।
बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र उनका भाइ शिवेन्द्रबहादुर बस्नेतबीचको आर्थिक विवाद बाहिर आएको छ।बुद्ध एयरलाइन्समा बुबा सुरेन्द्रबहादुरको ८० प्रतिशत सेयर र दाजु वीरेन्द्रको नाममा २० प्रतिशत सेयर कायम रहेको शिवेन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘बुबाले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयरमध्ये ४० प्रतिशत दाजुलाई र बाँकी ४० प्रतिशत सेयर मेरा परिवारका सदस्यको नाममा दिनु भएको हो,’ उनले भने, ‘तर ४० प्रतिशत सेयर बापतको हिसाब पाएको छैन।’
शिवेन्द्रले आफू पाइलट नै भएको बताउँदै कामको सिलसिलामा अमेरिकामा बसोबास तथा व्यवसाय सञ्चालन गर्न थालेपछि बुद्ध एयरमा प्रत्यक्ष संलग्नता नरहेको बताए।बुबाको निधनपछि हरहिसाब मागे पनि जवाफ नआएको बताए। ‘हिसाब माग्दा साधारणसभामा दिने भनेर टारियो। २०७४ सालदेखि नै हामीलाई साधारणसभामा डाकिएको छैन,’ उनले भने। कम्पनी नाफामा रहे पनि डिभिडेन्ट नपाएको उनले बताए। ‘यहाँ हिसाब किताब गोलमाल छ,’ उनले भने, ‘मेरो कानुनी अधिकार खोसियो।’
शिवेन्द्रले आफू पाइलट नै भएको बताउँदै कामको सिलसिलामा अमेरिकामा बसोबास तथा व्यवसाय सञ्चालन गर्न थालेपछि बुद्ध एयरमा प्रत्यक्ष संलग्नता नरहेको बताए।
उनले कम्पनीमा ४० प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरूको तर्फबाट आफूले बुद्ध एयरले गरिरहेका काम कारबाही, आर्थिक हिसाबकिताब हेर्ने, योजनाहरूका बारेमा जान्ने चाहना हुदाँ पनि दाइ वीरेन्द्रले सो विषयमा प्रष्ट्याउन नचाहेको उनले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend