Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ‘जिउँदो शहिद’ कायस्थको निधनमा प्रधानमन्त्री प्रचण्डद्धारा दुःख व्यक्त


    बिहिबार, बैशाख २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुकेश कायस्थको निधन प्रति दुःख तथा शोख व्यक्त गरेका छन् ।

    दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधन प्रति प्रचण्डले दुःख व्यक्त गरेका हुन् ।

    दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’

    ३२ बर्षिया कायस्थको उपचारको क्रममा हिजो साँझ ७ः३० बजे शिर मेमोरियल अस्पताल बनेपा, काभ्रेमा उनको निधन भएको थियो । उनको आजै अन्त्येष्टि गरिने तयारी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार