Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका सचिव फेरिए


    बुधबार, बैशाख २७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयका सचिव फेरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय मंगलबारकाे बैठकले गरेकाे हाे ।

    भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्दै आएका थिए ।

    गृहसचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । भट्टराई भोलिबाट गृहमा हाजिर हुनेछन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तीव्रबनाएका बेला सचिव फेरिका हुन् । उक्त ठगी प्रकरणमा गृह मन्त्रालयका तत्कालीन सचिव, हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। यस्तै, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई समेत प्रहरीले बुधबार पक्राउ गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार