Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आगलागीमा परी तीन जनाको मृत्यु, एक जना सिकिस्त


    बुधबार, बैशाख २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्घाखाँचीमा आगलागीमा परी घाइते भएका चार मध्ये तीन जनाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका उनीहरुको मृत्यु भएको हो ।

    मंगलवार दिउँसो भूमिकास्थान– २ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पीताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    सोही आगलागीमा परेर घाइते अर्का ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार