Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वप्रकाश शर्मा भन्छन्- भ्रष्टाचारविरुद्ध राज्यले फाइलमात्र होइन फायर खोल्नुपर्छ


    मंगलबार, बैशाख २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारका विरूद्ध राज्यले फाइल मात्र नभई फायर खोल्नुपर्ने बताएका छन्।

    प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले भ्रष्टाचारको छानबिनमा राज्य कठोरतापूर्वक उत्रनुपर्ने बताए।

    ‘अहिले भुटानी शरणार्थीको फाइल खोलिएको छ, यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ,’ शर्माले भने, ‘भ्रष्टाचारका विरूद्ध राज्यले फाइल मात्र होइन फायर पनि खोल्नुपर्छ।’

    उनले निर्दोष कोही फस्न नहुने र दोषीलाई कारबाही गरिनुपर्ने समेत बताए।

    सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्नका लागि राखिएको पाँच वर्ष हदम्याद हटाउनुपर्ने बताउँदै उनले भ्रष्टाचारको छानबिनमा राज्यले कठोरताका साथ जानका लागि कुनै पनि हदम्याद राख्न नहुने बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार