Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रमेशजंग रायमाझीले बोलेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइयो


    मंगलबार, बैशाख २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय सभामा सांसद रमेशजंग रायमाझीले प्रतिनिधि सभामा सांसद टोपबहादुर रायमाझीप्रति प्रयोग गरेको शब्द तथा टिप्पणी संसदीय रेकर्डबाट हटाइएको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुरलाई उनले एमाले अध्यक्ष केपी ओलीको ‘झट्केलो छोरो’ छोरो भन्दै टिप्पणी गरेका थिए।

    रमेशजंगको अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएपछि संसद्को रेकर्डबाट हटाइएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिएका हुन्।

    ‘हिजो २५ गतेको बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्य भैरवसुन्दर श्रेष्ठले उठाउनुभएको सन्दर्भमा सभाको ध्यानाकर्षण भएको छ। वैशाख २४ को बैठकमा दलका नेताहरूले धारणा राख्ने क्रममा रमेशजंग रायमाझीले प्रयोग गर्नुभएको असंसदीय शब्द रेकर्डबाट हटाउन माग गर्नुभएकाले उहाँले प्रयोग गर्नुभएको ….उहाँको झट्केलो छोरो हो टोपबहादुर रायमाझी भन्ने वाक्यांश, राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ (घ)को व्यवस्थासँग मेल खाने नदेखिएकाले रेकर्डबाट हटाइएको छ,’ उनले भने।

    यता रायमाझीले देशको माननीय हराएका कारण खोजी गरेको स्पष्टीकरण दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार