Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ग्यास लिक भई आगलागी हुँदा ४ वटा सिलिण्डर बिष्फोट


    मंगलबार, बैशाख २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सिराहाको गोलबजार नगरपालिका ४ गोलबजारमा चिया खाजा पसलमा ग्यास लिक भई आगलागी हुँदा चारवटा सिलिण्डर बिष्फोट भएको छ । सिलिण्डरबाट सल्किएको आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक विश्वबाबु बुढाथोकीका अनुसार मंगलबार बिहान करिब ३ बजेतिर गोलबजार ६ का जोगी साह हलुवाईले ग्यास बाल्ने क्रममा लिक हुँदा आगलागी भएको हो ।

    ग्यास लिक भएर आगलागी हुँदा भरेर राखिएका चार वटा सिलिण्डर बिष्फोट भएका हुन् । बिष्फोटबाट मानवीय क्षति नभएपनि खाजा तथा किराना पसलका सबै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट पसलको दुई टहरा, खाजा पसल छेउमै उत्तिमलाल महतोको किराना पसल समेत जलेर ध्वस्त भएको छ ।

    आगलागीबाट पसलमा खाजा बनाउन राखिएका सामग्री, लत्ताकपडा, भाँडावर्तन, नगदसहित करिब १२ लाख तथा किराना पसलको करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

    गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दा समेतको सहयोगमा दुई घण्टापछि बिहान करिब ५ बजेतिर आगलागी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार