Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • पाल्पामा घाँस काट्दा करेन्ट लागेर १ जनाको मृत्यु


    मंगलबार, बैशाख २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पाल्पा। जिल्लाको रामपुरमा करेन्ट लागेर एक जना पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा रामपुर–५, भम्बक बस्ने ३४ वर्षका गोविन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    आज मङ्गलबार बिहान साढे ७ बजेतिर घरनजिकको काभ्रोको रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागेर कुमाल गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

    थापाका अनुसार करेन्ट लागेर गम्भीर घाइते हुनुभएका कुमालको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार