काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले आफूलाई जोडेर लेनदेनको वातचित गरिएको अडियो मिडियामा सार्वजनिक भएपछि प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । नक्कली आवाजको भिडियो बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ ।
खाँणले सो अडियो राख्ने नेपाल दैनिक डटकमविरुद्ध उजुरी दिएकी हुन् ।
उनले उजुरीमा भनेकी छन्, ‘म मञ्जु खाँणलाई जोडेर नक्कली आवाजको भिडिओ बनाइ सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनमा सम्प्रेषण गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने कार्य भएको हुँदा उक्त अनलाइन मिडियालाई कडाभन्दा कडा कारबाही गरिपाउँ ।’
यस विषयमा काउन्सिलले छानबिन गर्दा प्रकाशित सामग्री एकपक्षीय र पत्रकार आचारसंहिताविपरीत हुनुका साथै उक्त वेब पोर्टल नियमानुसार दर्ता र सूचीकृत नरहेको पाइएको जनाएको छ ।
काउन्सिलले सो अनलाइनलाई कारबाहीका निम्ति नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend