Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्घटनापछि सिम्रिक एयरका सबै हेलिकोप्टर ग्राउन्डेड


    शनिबार, बैशाख २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो (शुक्रबार) भएको दुर्घटनापछि सिम्रिक एयरको सबै हेलिकोप्टरलाई ग्राउन्डेड गर्ने निर्णय गरेको छ।

    हिजो (शुक्रबार) सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनापछि प्राधिकरणले अर्को निर्णय नहुन्जेलसम्मका लागि सबै हेलिकोप्टर ग्राउन्डेड गरिदिएको हो।

    सिम्रिक एयरसँग चार वटा हेलिकोप्टर रहेकोमा शुक्रबार संखुवासभामा एक दुर्घटना भएको थियो।

    प्राधिकरणको सुरक्षा विभागले कम्पनीलाई ग्राउन्डेड गरिएको बारे हिजो पत्र पठाएको हो। जसमा हेलिकोप्टरको विस्तृत निरीक्षण र उडान योग्यतासँगै हवाई सुरक्षा व्यवस्थापन प्रणालीको अडिट गर्ने निर्देशन दिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार