Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्छ : कांग्रेस प्रवक्ता


    शुक्रबार, बैशाख २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि प्रवक्ता महतले पत्रकारहरुसँगै बोल्दै यस्तो बताएका हुन् ।

    नक्कली भुटानी शरणार्थी बनाउने कुरा जघन्य अपराध भएको उल्लेख गर्दै उनले भने ‘यो जघन्य अपराध हो, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ।’

    सो प्रकरणमा कांग्रेसकै नेताहरुको संलग्नता भएपनि गलत काम गरेको भए कानुनी कठघरामा आउने उनको भनाइ छ । छानबिन गर्दै जाँदा आफूतिर पनि प्रश्न आयो भने के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘जसले गलत काम गरेको छ, कानुनी कठघरामा आउनुपर्छ । यो उ भन्ने छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार