Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संखुवासभा हेलिकप्टर दुर्घटनामा घाइते भएका ३ जनालाई काठमाडौं ल्याइयो


    शुक्रबार, बैशाख २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

    उक्त दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनबाबु खड्काले बताए।

    दुर्घटनामा ५ जना घाइते भएका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।

    उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो ।

    घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङका अनुसार माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार