Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मौसमका कारण ६ दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु


    शुक्रबार, बैशाख २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिमकोट। केहि दिनदेखि खराब मौसमका कारण अवरुद्ध भएको हुम्लाको हवाई सेवा पुन: सुचारु भएको छ। शनिबार रातिदेखि (६ दिन) वर्षाका कारण मौसममा खराबी देखिएपछि नेपालगञ्जबाट हुम्लाका लागि हवाई उडान हुन सकेको थिएन।

    आज शुक्रबार मौसममा सुधार भएपछि पुनः हवाई उडान सुरु भएको नागरिक उड्डययन प्राधिकरण सिमकोटका प्रबन्धक मोहन गिरीले जानकारी दिए।

    मौसममा आएको खराबीले गर्दा दुर्गम हिमाली जिल्लाहरु हुम्ला र मुगुमा उडान बन्द भएकोमा शुक्रबारबाट हुम्लाको उडान सुचारु भए पनि मुगुमा अझै सुचारु हुन सकेको छैन।

    हुम्लाका लागि समिट एयरले उडान सुचारु गरेपछि नेपालगञ्ज र हुम्लामा अलपत्र परेका यात्रु गन्तव्यतर्फ जान थालेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार