Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संखुवासभामा हेलिकप्टर दुर्घटना अपडेट: क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर


    शुक्रबार, बैशाख २२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।

    दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

    घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताए ।

    माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो

    उक्त घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताए ।

    अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार