एजेन्सी। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सिजनको अन्त्यसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएजसी) छाड्ने भएका छन् ।
विश्वकप विजेता अर्जेन्टिनाका मेस्सीले पिएसजीसँग आफ्नो बसाईलाई थप अर्काे एक वर्ष लम्ब्याउने सैद्धान्तिक सहमति भएपनि अहिले क्लब र मेस्सी नै सम्झौता नगर्ने पक्षमा रहेको छ ।
आर्थिक समस्याका कारण क्लबले युरोपेली खेलको शीर्ष स्थानमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरामा मेस्सी विश्वस्त छैनन्, जबकि फ्रान्सेली च्याम्पियन युवा प्रतिभाको विकासमा ध्यान केन्द्रित गर्न चाहिरहेको छ ।
मेस्सीले अर्को वर्षको लागि नवीकरण गर्ने विकल्पको साथ सन् २०२१ मा पेरिसमा दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, अब त्यसो नहुने भएको छ । पिएसजीको बजेट अर्को सिजन फाइनान्सियल फेयर प्ले नियमहरूको पालना गर्न सीमित हुन सक्ने भएकाले पनि क्लब त्यो जोखिम मोल्न चाहदैन ।
पिएसजीका कतारी मालिकलाई मेस्सीले सम्झौता गर्न देखाएको अनिच्छाले निराश बनाएको छ । जसले मेस्सीको प्रतिक्रियाको कमीलाई उनी बस्न चाहँदैनन् भन्ने स्पष्ट सन्देश दिएको छ ।
३५ वर्षीय खेलाडीलाई क्लबको अनुमति बिना साउदी अरब गएको भन्दै मंगलबार पीएसजीले दुई साताका लागि निलम्बन गरेको छ । दुई साताको प्रतिबन्धपछि मेस्सीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउनेछन् । पिएसजी फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको छ ।
क्याटलान क्लब बार्सिलोनाले मेस्सीलाई नोउ क्याम्पमा फर्काउन उत्सुक छन् । तर, बार्सिलोनाले आर्थिक मन्दीका कारण बार्सिलोनाले मेस्सीलाई घर फर्काउने सम्भावना असम्भव जस्तै देखिएको छ ।
मेस्सीलाई अनुबन्ध गर्न मेजर लिग सकर क्लब इन्टर मियामी र साउदी अरेबियाको अल हिलालले प्रयास थालिसकेको छ ।
मेस्सी अझै पनि युरोपेली फुटबलको शीर्ष स्थानमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्दछन् । मेस्सी पाँचौपटक च्याम्पियन्स लिग जित्ने नजरमा छ । तर, बार्सिलोना जानु असम्भव देखिन्छ ।
मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट योगदान गरेका छन् र गत सिजन लिग १ को उपाधि जितेका छन् । पिएसजी शीर्षस्थानमा ५ अंकले अघि छ । पिएसजी पछिल्लो ११ सिजनमा नवौं उपाधि जित्ने लक्ष्यमा छ ।
बार्सिलोनाका सर्वाधिक गोलकर्ता रहेका मेस्सीले क्लबको आर्थिक समस्याकै कारण सन् २०२१ मा नोउ क्याम्प छाड्न बाध्य बनेको थियो ।
मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend