काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना लागू भएदेखि हालसम्मको समीक्षा जरुरी रहेको औंल्याउनुभएको छ ।
विहीबार परियोजनाले राखेको चालु आवको ९ महिनाको बार्षिक समीक्षा गोष्ठीमा बोल्दै कृषि मन्त्री भुसालले परियोजना लागू भएको सातौं बर्षको समीक्षा जरुरी रहेको औंल्याउनुभएको हो ।
कृषिको आधुनिकीकरणका लागि यो परियोजना लागू गरिएको भन्दै अहिलेसम्म परियोजनाबाट कृषि क्षेत्रको आयात प्रतिस्र्थापन र निर्यात प्रवर्धनमा के कति प्रगति भयो, यसको समीक्षा जरुरी रहेको उहाँले बताउनुभयो ।
‘कृषिको आधुनिकरणका लागि यो परियोजना लागू भएको हो । सात बर्षसम्म परियोजना लागू हुँदा हामीले आफ्नो लक्ष्य पूरा गर्न सक्यौं कि सकिनौंं ? यसको गम्भीर समिक्षा जरुरी छ’, मन्त्री भुसालले भन्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गर्दा चक्लाबन्दीमा जोड दिदैं ठूलो लक्ष्यमा उत्पादन बढाउने रहेको उहाँले बताउनुभयो ।
‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केवल कार्यालय सन्चालनका लागिमात्र लागू गरिएको थिएन । यो परियोजनाको परिकल्पना गर्नेहरुसँग मैले पटक पटक छलफल गरेको छु । ठूलो लक्ष्यका साथ उत्पादनमा जोेड दिन परियोजना लागू गरिएको थियो । मन्त्री भुसालले भन्नुभयो–’आजसम्म हामीले काम त गरिरहेका छौं, तर सोचेजस्तो सफलता मिल्नसकेको छैन ।’ देशको राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनका लागि कृषि क्षेत्रमा लगानी आवश्यक हुनेमा उहाँको जोड छ ।
‘कृषि क्षेत्र फष्टायो भने कृषिका उद्योग बढ्ने र यसबाट रोजगारीका अवसर हुन्छ । हामी अरु क्षेत्रबाट समृद्धिको यात्रामापुग्न सक्दैनौं, मन्त्री भुसालले भन्नुभयो’, त्यसका लागि यो परियोजनाको महत्व बढी छ ।’
फरक प्रसंगमा मन्त्री भुसालले किसानलाई दिइँदै आइएको अनुदान रकम र सहुलियतपूर्ण ऋणको रुप बदल्नुपर्नेमा जोड दिनुभएको छ । कतिपय ठाउँमा अनुदानको रकम दुरुपयोग भएको सुन्ने गरिएको र वास्तविककिसानले अनुदाननपाउने गरेको भन्दै अबयसको रुप बदल्नुपर्नेमा मन्त्री भुसालको जोड छ । उहाँले किसानलाई विद्युत महसुलमा छुट दिनेदेखि यान्त्रिकीकरण विस्तारमा जोड दिनुभएको छ ।
लम्फी स्कीन रोग नियन्त्रणमा कुनै कसर बाँकी नराख्न मन्त्री भूसालको निर्देशन
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा .बेदुराम भुसालले गाईभैसीमा लाग्ने लम्फी स्कीन रोग नियन्त्रणको प्रयास थाल्नुभएको छ ।
देशका विभिन्न जिल्लाका गाईभैसीमा यो रोगको संक्रमण देखिएको छ । रोगको संक्रमणले गाईभैसीलाई प्रभावित पारिरहेका बेलामन्त्री भुसालले विहीबार पशु सेवा विभागमा पुगेर रोग नियन्त्रणको प्रगतिबारे जानकारी लिनुभएको छ ।
रोग नियन्त्रणका लागि चाहिने आवश्यक औषधि उपचार र भ्याक्सिनको उपलब्धताबारे मन्त्री भुसालले विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेसँग जानकारी लिनुभएको हो ।
उक्त छलफलमा मन्त्री भुसालले रोग नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । साथै रोग प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष अनुगमन गर्न समेत उहाँले पशु सेवा विभाग मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
भ्याक्सिन खरिद प्रक्रिया अगाडि बढाई रोग नियन्त्रणको कामलाई अगाडि बढाउन मन्त्री भुसालले निर्देशन दिनुभएको हो । मन्त्रीसँगको छलफलमा विभागकी महानिर्देशक काफ्ले विभागबाट भ्याक्सिन खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभएको थियो । अबका केही दिनमा प्रभावित स्थानमा भ्याक्सिन पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
‘सप्लायर्स मार्फत् आवश्यक भ्याक्सिङ खरिद प्रक्रिया अगाढि बढेको छ । तत्काल रोक नियन्त्रणको प्रयास थाल्छौं, काफ्ले मन्त्री भुसालसँग भन्नुभयो ।
बुधबारमात्र मन्त्री भुसालले लम्फी स्किन रोगबारे पशु सेवा विभागलाई प्रभावित स्थानमा भुर्चुअल बैठक गर्न र प्रभावित स्थानमा पुगेर रोग निदानको प्रयास थाल्न निर्देशन दिनुभएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend