Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङमा भ्यान दुर्घटना, २ जनाको मृत्यु


    बिहिबार, बैशाख २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङको लेटाङ नगरपालिका–७, भिरिङखामा बुधबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ।

    भ्यानका चालक मोरङकै पथरीशनिश्चरे नगरपालिकाका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनीहरूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारै राति ९ बजेतिर मृत्यु भएको मोरङका ट्राफिक प्रमुख एवं प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए ।

    दुर्घटनामा लेटाङ–६ का ५५ वर्षीय रुद्र लम्साल गम्भीर घाइते भएका छन् । सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।

    भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको १–०२–००१ ज ३९५३ नम्बरको पिकअप दुर्घटनामा परेको हो । भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार