Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • करेन्ट लागेर तुलसीपुरमा एक जनाको मृत्यु


    बिहिबार, बैशाख २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ। करेन्ट लागेर बुधबार दाङ तुलसीपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका १२ रुकुम पूर्व घर भई तुलसीपुरमा जापानी भाषा पढाउँदै आएका २८ वर्षीय महेश विक रहेका छन् ।

    तुलसीपुर उपमहागरपालिका ५ विद्युत् कार्यालय नजिकै विज्ञापनको बोर्ड फेर्ने क्रममा विद्युत्‌को तार छोइएर विकलाई करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

    करेन्ट लागेर पुथाउत्तरगंगा रूकुम पूर्वका १६ वर्षीय अर्जुन कर्तेल र भूमे गाउँपालिका ४ रूकुम पूर्वकी १८ वर्षीया मनिता विक घाइते भएका छन् । उनीहरू दुवै जनालाई थप उपचारका लागि बाँके रिफर गरिएको गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार