Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धादिङको गणेशखोला पुलमा भ्वाङ, सवारी आवागमन ठप्प


    बुधबार, बैशाख २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मंगलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि ठप्प भएको हो ।

    धुनीबेसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुवैतर्फी सवारी आवागमन बन्द भएको छ ।

    नयाँ पुल निर्माणको लागि फाउण्डेसन खन्ने क्रममा पुरानो पुलको फाउण्डेसन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो ।

    अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार