Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुला हिमपहिरोमा हराएका तीन जनाको शव भेटियो


    बुधबार, बैशाख २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। दार्चुलाको ब्यास गाउँपालिका–१, बोलिनमा हिजो मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

    मंगलबार २ः४५ बजेतिर गएको हिमपहिरोमा परेर बेपत्ता ६ जनामध्ये ३ जनाको शव भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । बाँकी दुई जनाको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित गरिएको उनको भनाइ छ

    मृतकमध्ये एक जनाको मात्र सनाखत भएको छ । ‘एक जना जुहु–४ का १८ वर्षीय प्रविण कुँवर हुन्, अरु दुई जना महिलाको पहिचान खुलिसकेको छैन ।

    सशस्त्र प्रहरी बलका अनुसार दिउँसोदेखि जम्मा १२ जना बेपत्ता थिए । तीमध्ये ६ जनाको सशस्त्र प्रहरी बलको छाङ्रुस्थित गुल्म नम्बर ५० ले उद्दार गरेको छ । तर, हिमपात जारी रहेका बेला अध्याँरो समेत भएपछि खोजीमा गएको टोली राति फर्किएको थियो । बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु भएको थियो ।

    सशस्त्र प्रहरीका अनुसार १२ जना नै यार्सागुम्बा खोज्न बोलिनतिर गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार