Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारको निर्णय: एसीसी प्रिमियर कप जितेका क्रिकेट खेलाडीलाई ६ लाख पुरस्कार दिने


    बुधबार, बैशाख २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको नेपाली क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

    आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

    खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार