Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्ती राजमार्ग अब ८ दिनका लागि दैनिक १० घण्टा बन्द


    बुधबार, बैशाख २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सल्यान। विकास निर्माणको नाममा राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–सिमखोली सडक आज बुधबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

    नियमित गाडी सञ्चालनमा आउँदा सडक स्तोरन्नतिको काममा अवरोध सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना प्रकाशन गरेर दैनिक १० घण्टा सडक बन्द गरेको हो ।

    बुधबार वैशाख २० देखि २७ गतेसम्म आठ दिनका लागि उक्त सडक खण्ड बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्ण रुपमा बन्द हुनेछ ।

    तीन किलोमिटर क्षेत्रमा पर्ने ओरालो सडक खण्डमा कटिङ, ग्याबिन पर्खाल लगाउनुपर्ने भएकाले सवारी साधन सञ्चालनमा आउँदा दुर्घटनाको जोखिम हुने भएकाले सडक डिभिजन कार्यालय दाङको आग्रह तथा समन्वयमा सूचना प्रकाशन गरेर सडक पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिए ।

    राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–सिमखोली सडकको स्तरोन्नति गर्ने अवधि यहि असारसम्म मात्र रहेको र गाडी नियमित चल्दा कामले गति लिन नसकेकै कारण सडक १० घण्टा बन्द गर्नुपरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरूप्रसाद अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार