Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुला हिमपहिरोमा बेपत्ता पाँच जनाको पहिचान खुल्यो


    बुधबार, बैशाख २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिम पहिरोमा परी बेपत्ता पाँच जनाको पहिचान खुलेको छ । बेपत्तामध्ये डोटी बुडरका तीन जना र दुँहु गाउँपालिकाका दुई जना रहेको प्रहरीले बताएको छ ।

    बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका-२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा, दुँहु गाउँपालिका-४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर रहेका छन् ।

    बाक्लो हिउँ र अँध्यारो भएकाले उनीहरुको खोजी गर्न समस्या भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार केही बेरपछि पुनः उद्धार टोली पठाइने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार