काठमाडौँ। घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा आज मंगलबार निधन भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको मंगलबार दिउँसो साढे १ बजे निधन भएको हो ।
यही वैशाख ४ गते बिहान ४ बजे लामिछानेको चितवनस्थित घरको छतबाट लडेर गम्भीर घाइते भएका शम्भु भनिने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो ।
टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।
पार्टी सभापति लामिछानेले थापाको उपचारमा संलग्न चिकित्सक तथा उनका परिवारका सदस्यसमेतको सहमतिमा थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend