Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सोमबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो


    मंगलबार, बैशाख १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धार्केको गणेशखोलाको पुल भासिएपछि हिजो सोमबारदेखि अवरुद्ध सडक आज भने एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

    जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको हो ।

    १८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा कतिपय साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए । काठमाडौं आउने सवारी साधनले गल्छी हुँदै नुवाकोटको बाटो र काठमाडौं बाहिर जाने सवारी साधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाको बाटो प्रयोग गरिररहेका थिए । ठूला सवारी साधनहरू भने जाममा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार