ललितपुर। लोकप्रिय सरु संगीत घरले सांगीतिक कार्यक्रमका साथ आफ्नो दोस्रो वार्षिक उत्सव सम्पन्न गरेको छ। संगीत घरले सोमबार ललिपुरको महालक्ष्मी नगरपालिका -५ मा अवस्थित बुद्ध पार्टी प्यालेसमा बरिष्ट गायिका लोचन भट्टराईको प्रमुख आतिथ्यमा बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमा विशेष अतिथि महालक्ष्मी – ५ का वडा अध्यक्ष कपिल के.सी.तथा अतिथिहरु शिक्षासेवी बिण्णु कुमार निरौला, नेपाल सरकार गृहमन्त्रालयका उपसचिव डोरेन्द्र निरौला तथा समाजसेवी सूर्य बस्नेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लोचन भट्टराईले सरु संगीत घरको नाम संगीतकार डेनी निरौलाकी स्वर्गवासी आमाको नामबाट स्थापना भएको थाहा पाउँदा आफु निकै खुसी भएको बताएकी थिइन । भट्टराईले यस्तो कार्यले सधै आफ्रनी आमाको नाम लिइरहन पाउने पनि बताएकी थिइन् । आफु पनि संगीतको बिद्यार्थी भएको र सिक्ने कुरालाई उमेरले नछेक्ने भन्दै सरु संगीत घरका बिद्यार्थीहरुलाई हौसला प्रदान गरेकी थिइन् । भट्टराईले आफ्रना चर्चित गीतहरु “ उ त गयो माया मारेर र टाढा टाढा नभई जाउ तिमी ” जस्ता हृदयस्पर्शी गीतहरु पनि गाएकी थिइन् ।
कार्यक्रममा बोल्दै विशेष अतिथि कपिल के.सी ले गीत संगीत हरेक मान्छेलोई मन पर्ने तथा गीत संगीतको माध्यमबाट समाजमा हरेक खालका सन्देश सूसुचित गर्न सकिने भएकोले आफुले जनप्रतिनिधि भएकोे हैसियतले गीत संगीतका हरेक कुराहरुलाई सहयोग गर्ने प्रतिवध्ता पनि जनाएका थिए ।
कार्यक्रममा बोल्दै सरु संगीत घरका निर्देशक तथा नेपाली संगीत जगतका अब्बल संगीतकार डेनी निरौलाले बिद्यालयमा जोडिएर सरु संगीत घरलाई माया गर्ने संगीतका सबै बिद्यार्थी लगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। उक्त कार्यक्रममा २८ वटा गायन तथा नृत्य प्रस्तुत भएका थिए ।




सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend