ललितपुर। लोकप्रिय सरु संगीत घरले सांगीतिक कार्यक्रमका साथ आफ्नो दोस्रो वार्षिक उत्सव सम्पन्न गरेको छ। संगीत घरले सोमबार ललिपुरको महालक्ष्मी नगरपालिका -५ मा अवस्थित बुद्ध पार्टी प्यालेसमा बरिष्ट गायिका लोचन भट्टराईको प्रमुख आतिथ्यमा बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमा विशेष अतिथि महालक्ष्मी – ५ का वडा अध्यक्ष कपिल के.सी.तथा अतिथिहरु शिक्षासेवी बिण्णु कुमार निरौला, नेपाल सरकार गृहमन्त्रालयका उपसचिव डोरेन्द्र निरौला तथा समाजसेवी सूर्य बस्नेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लोचन भट्टराईले सरु संगीत घरको नाम संगीतकार डेनी निरौलाकी स्वर्गवासी आमाको नामबाट स्थापना भएको थाहा पाउँदा आफु निकै खुसी भएको बताएकी थिइन । भट्टराईले यस्तो कार्यले सधै आफ्रनी आमाको नाम लिइरहन पाउने पनि बताएकी थिइन् । आफु पनि संगीतको बिद्यार्थी भएको र सिक्ने कुरालाई उमेरले नछेक्ने भन्दै सरु संगीत घरका बिद्यार्थीहरुलाई हौसला प्रदान गरेकी थिइन् । भट्टराईले आफ्रना चर्चित गीतहरु “ उ त गयो माया मारेर र टाढा टाढा नभई जाउ तिमी ” जस्ता हृदयस्पर्शी गीतहरु पनि गाएकी थिइन् ।
कार्यक्रममा बोल्दै विशेष अतिथि कपिल के.सी ले गीत संगीत हरेक मान्छेलोई मन पर्ने तथा गीत संगीतको माध्यमबाट समाजमा हरेक खालका सन्देश सूसुचित गर्न सकिने भएकोले आफुले जनप्रतिनिधि भएकोे हैसियतले गीत संगीतका हरेक कुराहरुलाई सहयोग गर्ने प्रतिवध्ता पनि जनाएका थिए ।
कार्यक्रममा बोल्दै सरु संगीत घरका निर्देशक तथा नेपाली संगीत जगतका अब्बल संगीतकार डेनी निरौलाले बिद्यालयमा जोडिएर सरु संगीत घरलाई माया गर्ने संगीतका सबै बिद्यार्थी लगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। उक्त कार्यक्रममा २८ वटा गायन तथा नृत्य प्रस्तुत भएका थिए ।




काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend