काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल आज खराब मौसम अर्थात् वर्षाका कारण अवरुद्ध भइरहेको छ । मौसमको अवस्था हेर्दा आज परिणाम आउनेमा विश्वस्त हुने स्थिति छैन ।
नेपालले यूएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा हावी भइरहँदा यूएई झिनो रनमा समेटिने अस्वस्था थियो । खेल रोकिनुअघि यूएईले २७.३ ओभरमा १०६ रन मात्रै जोड्न सकेको छ ।
यदि आज खेल हुन सकेन भने भोलिलाई रिजर्भ डे राखिएको छ । धेरै समर्थकहरुको चासो छ, भोलि फेरि खेल हुँदा आज नेपालले लिएका ९ विकेट के हुन्छन् ?
यस विषयमा हामीले नेपाल क्रिकेट संघसँग आधिकारिक जानकारी लियौं । क्यानका प्रवक्ता दुर्गा पाठकले अहिलेको नियम अनुसार आज पूरा खेल हुन नसकेको खण्डमा भोलि खेल सुचारु हुने बताए ।
‘आज खेल जुन स्थितिमा छ, त्यहीँबाट सुचारु हुन्छ । सुरुबाट हुँदैन,’ उनले भने ।
अर्थात् भोलि २७.४ बलबाट पहिलो इनिङको खेल सुचारु हुने छ र यूएईको अन्तिम जोडी कात्र्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउनेछन् । बलिङको सुरुवात ललित राजवंशीले नै गर्ने छन्, जसले आफ्नो पाचौं ओभरको चौंथो बल फ्याकेपछि खेल रोकिएको थियो । खेल रोकिनुअघि ललितले लगातार बलमा दुई विकेट लिएका थिए । त्यसैले उनीसँग आफ्नो ह्याट्रिक पूरा गर्दा यूएईलाई अलआउट गर्ने अवसर हुने छ ।
तर, यदि आज मौसम उघ्रिएको खण्डमा अम्पायरहरुले ओभर छोट्याउने र टार्गेट पनि समायोजन गर्ने निर्णय लिन सक्छन् ।
उदाहरणका लागि २० ओभरका बलिङ हटाइयो भने नेपाललाई ३० ओभरमा यूएईले खडा गरेको भन्दा थोरै स्कोर पछ्याउन लगाउने छन् ।
तेस्रो विकल्प भनेको सुपरओभरबाट पनि निर्णय हुन सक्छ । क्यानले यदि खेल अनिर्णयत भएमा दुईवटा सुपरओभर हुन सक्ने जनाएको छ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend