Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गर्ने १ जना पक्राउ


    आइतबार, बैशाख १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको ‍छ ।

    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

    उनले पीडितसँग ३० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार