काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ परेका प्रहरीले जनाएको छ ।
कैलालीको गोदावरी नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषधि खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा म.२ प ६८४४ नम्बरको मोटरसाइकल चालक चौधरीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका-१७ आइसिबी चेक पोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी गढिमाई नगरपालिका-८ बस्ने ४० वर्षीय कालिराम महत्तो र सोही नगरपालिका-७ बस्ने २२ वर्षीय अम्लेष महतो रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ५७५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका-१ धिमाल बस्तिबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(५ बस्ने २५ वर्षीय खेम मगर र बुद्धशान्ति गाउँपालिका-३ बस्ने १९ वर्षीय प्रजित तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाकै बिर्तामोड नगरपालिका-१ स्थित मनकामना स्कुल छेउबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय निश्चल भण्डारी र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय विवेक खड्का रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाकै अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय २० मिलिग्रामसहित मोरङ आमचोक गाउँपालिका-५ बस्ने २० वर्षीय विशाल दमाईलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित चितवन खैरहनी नगरपालिका-३ घर भएका २९ वर्षीय सागर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १४६३ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend