Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुख्खा पहिरो खसेपछि अरुण नदी थुनियो, खुलाउने प्रयास हुँदै


    आइतबार, बैशाख १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सङ्खुवासभामा सुक्खा पहिरोका कारण अरुण नदी थुनिएको छ । निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको हो ।

    मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।

    अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

    अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए । ‘टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो’, गोदारले भने ।

    अरुण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेल मार्फत नदी बग्दै आएको थियो ।

    टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ । पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ ।

    सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार