Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महावीर पुनसँग सरकारले तत्काल संवाद गर्नुपर्छ: विश्वप्रकाश शर्मा


    आइतबार, बैशाख १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।

    धर्ना बसेका पुनसँग सरकारले तत्काल संवाद गर्नुपर्ने पनि उनले बताए।

    नेपाल विद्यालय कर्मचारी परिषदले शनिबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भने, ‘महावीर पुन नवप्रवर्तन र आविष्कारका लागि राज्यले प्राथमिकता दिओस् भनेर सडकमा पुग्नु परेको छ। प्रधानमन्त्रीले पुनसँग संवाद गरी माग सम्बोधन गर्नुपर्छ।’

    प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भएको भेटमा पनि आफूले पुनका माग राज्यबाट सम्बोधन हुनुपर्ने कुरा राखेको शर्माले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार