Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पूर्व प्रधानमन्त्रीहरु राष्ट्रपति उम्मेदवार बन्न हुन्न : महामन्त्री शर्मा


    बुधबार, फाल्गुन १० २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्रीहरु राष्ट्रपति उम्मेदवार हुन नहुने बताएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईका नाम राष्ट्रपतिको उम्मेदवारमा चर्चामा रहेको भन्दै उनले प्रधानमन्त्री भइसकेका कोही पनि राष्ट्रपति उम्मेदवार हुन नहुने बताएका हुन् ।

    आफूले राष्ट्रपति उम्मेदवारमा सभापति देउवा पनि उत्तम हुन्छ भनेर भने पनि पूर्वप्रधानमन्त्रीहरू राष्ट्रपति उम्मेदवार बन्न हुन्न भन्ने पक्षमा आफू पुगेको शर्माको बताए ।

    संसद भवनअगाडि बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले कांग्रेसबाट राष्ट्रपति पदका लागि उम्मेदवारी रहने र उक्त उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने दाबी पनि गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार