काठमाडौं। एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि जारी खेलमा कुवेतले ओमानलाई १३१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको कुवेतले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल खडा गर्यो।
ओमानका ओपनर अदनान इद्रिसले ३४ रन बनाए । सयेद मनिबले २८ र यासिन पटेलले १७ रन जोड्दा रविजा सन्दारुवन र कप्तान मोहम्मद अस्लमले समान १२ रन थपे ।
कुवेतलाई झिनो योगफलमा रोक्न ओमानका जय ओदेद्राले पाँच विकेट लिए । ५.३ ओभर बलिङ गरेका ओदेद्राले एक मेडन राख्दै १४ रनमात्र खर्चिए । बिलाल खानले दुई विकेट लिँदा आयान खान, जिसान मक्सुद र जतिन्दर सिंहले समान एक विकेट लिए ।
कुवेत समूह ‘बी’ को उपविजेता र ओमान समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । तर, सेमिफाइनलमा ओमानले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग पराजित हुँदा कुवेत सेमिफाइनलमा नेपालसँग पछि परेको थियो ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend