Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुवेतले दियो ओमानलाई १३१ रनको लक्ष्य


    आइतबार, बैशाख १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि जारी खेलमा कुवेतले ओमानलाई १३१ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको कुवेतले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल खडा गर्‍यो।

    ओमानका ओपनर अदनान इद्रिसले ३४ रन बनाए । सयेद मनिबले २८ र यासिन पटेलले १७ रन जोड्दा रविजा सन्दारुवन र कप्तान मोहम्मद अस्लमले समान १२ रन थपे ।

    कुवेतलाई झिनो योगफलमा रोक्न ओमानका जय ओदेद्राले पाँच विकेट लिए । ५.३ ओभर बलिङ गरेका ओदेद्राले एक मेडन राख्दै १४ रनमात्र खर्चिए । बिलाल खानले दुई विकेट लिँदा आयान खान, जिसान मक्सुद र जतिन्दर सिंहले समान एक विकेट लिए ।

    कुवेत समूह ‘बी’ को उपविजेता र ओमान समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । तर, सेमिफाइनलमा ओमानले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग पराजित हुँदा कुवेत सेमिफाइनलमा नेपालसँग पछि परेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार