Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • निरा हत्या आरोपमा झापाबाट पक्राउ परेका विनोदलाई काठमाडौं ल्याइँदै


    आइतबार, बैशाख १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निरा आचार्यको हत्या आरोपमा पक्राउ परेका विनोद बिकलाई प्रहरीले आज काठमाडौं ल्याउँदै छ । हिजो दिउँसो झापाबाट पक्राउ परेका विनोदलाई सोधपुछका लागि आज काठमाडौं ल्याउन लागिएको हो ।

    काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका उनले निराको हत्या गरे नगरेको खुलिसकेको छैन्। हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंमा पनि तीन जनासँग सोधपुछ गरिरहेको बुझिएको छ ।

    सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। सो घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति गठन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार