Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • निरा पाण्डेको हत्यारा पहिचान गरी कारबाहीको माग गर्दै प्रदर्शन


    शनिबार, बैशाख १६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँको कपनमा निरा पाण्डे आचार्यको हत्यारालाई छिटो पत्ता लगाउन माग गर्दै आज प्रदर्शन गरिएको छ ।

    कपनस्थित सरस्वतीनगरमा आफ्नै भाँडा पसलमा हत्या भएको र हत्या भएको यतिका दिन सम्म पनि दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको र हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

    आज पाण्डेका आफन्त, नागरिक समाज र अभियन्ताहरुले माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म प्रदर्शन गरेका हुन्

    प्रदर्शनकारीले खुनको बदला खुन जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

    ३५ वर्षीया पाण्ड वैशाख ७ गते मातातीर्थ औंसीका दिन आफ्नै भाँडा पसलमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । पसलमा आइपुगेका व्यक्तिले देखेपछि उक्त घटना सार्वजनिक भएको थियो ।

    प्रहरीले हालसम्म घटनामा संलग्नलाई पहिचान गर्न सकेको छैन । केन्द्रीय अनुसन्धान ब्यूरोले समिति गठन गरी छानबिन गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार