Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिवि मैदानमा पानी पर्दा नेपाल र कुवेतबीचको खेल रोकियो


    शनिबार, बैशाख १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एसिसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र कुवेतबीचको सेमिफाइनलको खेल एक्कासी परेको वर्षा कारण रोकिएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको हो।

    नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मुल्ल ३२ रन बनाएर खेलिरहेका छन्।

    ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके।

    यदि आजको खेल पनि परेर रद्द भएपनि नेपालले फाइनलमा स्थान बनाउने सम्भावना रहेको छ । दोस्रो ओभरमा एकै बल पनि नभई खेल रद्द भए नेपालले, समूह विजेताको हैसियतले फाइनलमा स्थान बनाउनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार