पाँचथर। पाँचथरको फालेलुङ–६ का शान्तकुमार राईले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि आफैले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ५७ वर्षीय राईले ५६ वर्षीय श्रीमती बिमरानीलाई खुकुरी प्रहार गरेर घाइते बनाएपछि नजिकैको जंगलमा गएर आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सान्तकुमारकी आमाको वैशाख १३ गते निधन भएको थियो ।
आमाको निधन पछि मूलघरमा आमाको किरिया गर्न बसेका राईले पिसाब फेर्न जाने बहाना बनाएर आफ्नो घर गई श्रीमतीलाई बिहीबार अपराह्न खुकुरी प्रहार गरेका थिए ।
पिसाब फेर्न गएका शान्तकुमार घर नफर्केपछि श्रीमतीलाई रगतपक्षे भेटेका स्थानीयले सोधपुछ गर्दा बिमरानीले श्रीमानले खुकुरी प्रहार गरेको बताएकी थिइन् । त्यसपछि खोजी गर्दै जाादा घर नजिकै रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याउनका साथै घाइतेलाई उपचारार्थ बीएण्ड सी अस्पताल बिर्तामोड पुर्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिमरानी सख्त घाइते भएकी छन् । उनले श्रीमतीलाई हत्या गर्ने मनसायले नै खुकुरी प्रहार गरेको र मृत्यु भएको ठानेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend