काठमाडौं । पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो ।
यसअघि खटाइएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगी घरमै बसेर भत्ता खाने, आरोहीले नक्कली फोटो तथा कागजपत्र तयार पारेर आरोहण पूरा गरेको दाबी गर्ने गरेपछि सम्पर्क कार्यालय नै स्थापना गर्नुपरेको पर्यटन विभागले जनाएको छ ।
विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार वैशाख २५ देखि सुरु हुने अनुमान गरिएको सगरमाथा आरोहणलाई व्यवस्थित गर्न आरोहण अवधिभर सात जना कर्मचारी खटिने गरी सम्पर्क कार्यालय खोलिएको हो । उनले भने, “अघिल्ला वर्षमा आधार शिविरमा हुने गरेका गैरकानुनी क्रियाकलाप, आरोही समूहबीच हुने झगडा, आरोहणका क्रममा हुने ट्राफिक जाम, उद्धारमा समस्या र सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुग्नेलगायतका गुनासा आउने गरेका थिए । तिनलाई निगरानी र नियन्त्रण गर्न सम्पर्क कार्यालय स्थापना गरिएको हो ।”
छ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहणमा जाने पर्वतारोहीले एक जना सम्पर्क अधिकारी लैजानुपर्ने कानुनी व्यवस्था छ । यसैबीच विभागका निर्देशक युवराज खतिवडाले चौथो शिविरसम्मको बाटो तयार भइसकेकाले चैत २५ सम्म सगरमाथा आरोहण सुरु हुने बताए ।
अहिले प्रतिकूल मौसमका कारण आइसफल डाक्टरहरूले आराम गरिरहेको र आरोहीहरूले आधार शिविर र दोस्रो शिविरसम्मै अभ्यास गरिरहेको उनले बताए । अहिले ३० भन्दा बढी आरोही समूहका झन्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा आरोहणको पर्खाइमा छन् ।
विभागका अनुसार हालसम्म सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका ४६३ आरोहीले अनुमति लिएका छन् । यो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि इतिहासकै धेरै आरोहीले अनुमति लिएका छन् ।
यसअघि सबैभन्दा धेरै सन् २०१९ मा ३१५ जनाले आरोहण अनुमति लिएका थिए । त्यस्तै यस सिजनमा आरोहणका लागि खुला गरिएका २४ वटा हिमचुली आरोहणका लागि हालसम्म एक हजार ४६ जनाले अनुमति लिएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend