काठमाडौं । संविधान जारी भएको ८ बर्षसम्म संघीय निजामती सेवा ऐन जारी हुन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी निजामती सेवा ऐन ल्याएरै छोड्ने अभियानमा छन् । मन्त्री मोदी भन्छन्–‘म संघीय निजामती सेवा ऐन ल्याउनका लागि अहोरात्र लागिरहेको छु ।’
ट्रेड युनियनहरुका कारण ८ बर्षसम्म निजामती सेवा ऐन जारी हुन नसकेको भन्दै राजनीतिक नेतृत्व पन्छिने गरेको छ । मन्त्री जसरी पनि निजामती सेवा ऐन जारी गराउन तल्लीन छन् । तर ट्रेड युनियनहरु संघीय निजामती सेवा ऐनमा ट्रेड युनियन अधिकार खुम्च्याएको भनिरहेका छन् । नायबसुब्बाहरु ‘नासुको आँसु’ को नाममा माइतीघर मण्डलामा हरेक दिन २–२ घन्टा धर्ना दिइरहेका छन् ।
संघीय निजामती ऐन पारित गर्ने बिषयमा अर्थ र कानुन मन्त्रालयबाट सहमति प्राप्त हुनसकेको छैन । सरकारमा रहेका दलहरुबीच नै छलफल हुनसकेको छैन । ऐनमा के ल्याएको छ भन्ने बिषय अगाडि ल्याउन सकेको छैन । अर्थमन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र थप आर्थिक दायित्व बहन गर्नेगरी निर्णय गर्दैन । कानुन मन्त्रालय पनि प्रस्तावित संघीय निजामती सेवा ऐनप्रति विश्वस्त छैन ।
किन भइरहेको छ सरुवामा बेथिति ?
सबभन्दा लामो अवधि बसेका, जागिरको दौरान कुनै पनि दिन सेवा गर्दै नगरेका सबैभन्दा बढी कर्मचारी सामान्यमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिवहरु प्रदेशको सचिव बन्दै नबनेका र जाँदै नगएकाहरु सामान्यको महाशाखा प्रमुखको जिम्मेवारी लिएर बसेका छन् । कहिल्यै पनि स्थानीय तहमा नबसेका उपसचिवहरुहरुको जमात सामान्य प्रशासन मन्त्रालयमा छ ।
सामान्यमा शाखा अधिकृतहरु आफ्ना नातागोता, उच्चपदस्थका ज्वाइँ, भान्जाभान्जी, छोराछोरी छन् । उनीहरुले कहिल्यै स्थानीय जानुपरेको छैन । अहिले सामान्य प्रशासन मन्त्रालयमा कुशासनको पराकाष्टा नाघेको महसुस कर्मचारीले गरेका छन् । सरुवामा पारदर्शीता नभएको र खुलेआम लेनदेन हुन थालेकाले सामान्य प्रशासन मन्त्रालय बेथितिको केन्द्र बनेको गुनासो छ । संघीय मामिला मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख कमल भट्टराई भन्छन्–‘कसैको नाता परेकै आधारमा सामान्य प्रशासन मन्त्रालयमा काम गर्न नपाउने भन्ने हुँदैन ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सुशासन कायम गर्नकै लागि स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानमा लागिरहेको बताउँछन् । उनले भने–बढुवा भएका उपसचिवहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । म आउनुअघि धेरै स्थानीय तह निमित्तका भरमा थिए, अहिले ती सबै ठाउँमा दरबन्दीका कर्मचारी पठाउँदैआएको छु ।
मन्त्री मोदी भन्छन्–‘स्थानीय तहको सरुवामा ब्यापक राजनीतिक दबाब आउने गरेको बताउँदै एउटै पार्टीको एउटा नेताले सरुवा गर्नुप¥यो भन्छन् । अर्कोले नगर भन्छन् । तर पनि मैले दबाब झेलेर निमित्त हटाउने अभियानमा छु ।’
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend