Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसीसी प्रिमियर कप: खराब ब्याटिङ गरेको नेपाल १५७ रनमै अलआउट


    बिहिबार, बैशाख १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट अन्र्तगत आज कीर्तिपुरस्थित खेल मैदानमा कतारविरुद्ध टस हारेर पहिलो ब्याटिंग गरेको नेपालले खराब शुरुआत गरे सँगै कतारले नेपाललाई १५७ रनमै अलआउट गरेको छ ।

    लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनायो ।

    नेपालका दशौं नम्बरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए ।

    कप्तान रोहितकुमार पौडेलले २७ रन बनाए भने आसिफ शेखले १९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १२, सोमपाल कमी र आरिफ शेख ११/११ रनमा आउट हुँदा अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्नै सकेनन् ।

    कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा लेखाए ।

    यसैगरी आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। समूह विजेता भएको अवस्था नेपालले सेमिफाइनल खेल शनिबार कीर्तिपुर मैदानमा खेल्नेछ। आजको खेलमा पराजित भए नेपाल समूह उपविजेता हुनेछ। उपविजेता भए नेपालको खेल मुलपानीमा हुने तय छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार